How to Get PAN in Nepal?, Process and Benefits!

How to Get PAN in Nepal?, Process and Benefits!

Category: Career Insights- Employee Blog

Views: 4144 | August 11, 2019

व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) लिएर हामीलाई के फाइदा ? 

फाइदा छ भने व्यक्तिगत स्थायी लेखा नम्बर कसरी दिन सकिन्छ त !

आजभोली हामीले पत्रपत्रिकामा पढ्दै आएका छौँ कि आय आर्जन हुने कुनै पनि व्यक्तिले स्थायी लेखा नम्बर (PAN) लिनु अनिवार्य छ ।  त्यसैले हामीलाई व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) बारे बुझ्न जरुरी छ। 

व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) भनेको के हो ?
रोजगारी वा लगानीबाट आय आर्जन गर्ने व्यक्तिले PAN  लिनुपर्ने कानुनी व्यवस्था छ । यो PAN प्रत्येक व्यक्ति
/ करदातालाई कर प्रयोजनको लागि उपलब्ध गराईने एक पहिचान हो । 

व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) मा पनि स्थायी लेखा नम्बर ९ अंकको हुन्छ र हरेक व्यक्तिको स्थायी लेखा नम्बर फरक फरक हुन्छ, एक अर्कासँग मेल खाँदैन । यो एक पटक मात्र प्रदान गरिन्छ र सधैभरी सोही सङ्केत अंक कायम रही रहन्छ I 

व्यक्तिगत PAN कसरी जारी गरिन्छ ?
» व्यक्तिगत PAN  लिनको लागि निवेदन दिनु पर्छ । यो निवेदन फाराम आन्तरिक राजस्व विभागको वेवसाईट www.ird.com.np  बाट Download गरी वा आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय वा आन्तरिक
राजस्व विभागबाट PAN जारी गर्न स्वीकृत प्राप्त नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र अन्य वस्तुगत
संघ संस्थाबाट समेत प्राप्त गर्न सकिन्छ ।

के यो PAN हेरक वर्ष नविकरण गरिरहनु पर्छ ? 
यसको नवीकरण गराईरहनु पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल, प्रकृति वा PAN लिने समयमा दिईएको
कुनै विवरण आदि परिवर्तन भएमा परिवर्तन भएको मितिले १५ दिन भित्र सोको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिनु पर्छ ।

PAN लिन के के कुराहरुको जानकारी र कागजात कार्यालयमा पेश गर्नु पर्छ ?
PAN लिन अनिवार्य भएका प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, माता-पिताको नाम, जन्ममिति, नागरिकता वा पहिचान खुल्ने परिचय पत्रको नम्बर बारे जानकारी गराउनु पर्छ । सो जानकारीको साथै नेपाली --नागरिकले नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, 
--विदेशीको हकमा राहदानी वा कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचय पत्र, 
--पेशागत प्रमाण पत्रको प्रतिलिपी, 
--२ प्रति फोटो,
--व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाण पत्र,
--भाडाको घरमा बसेको भए घर बहाल संझौताको प्रतिलिपि र  मुख्य कारोबार स्थल देखिने गरी बनाइएको नक्शा पेश गर्नुपर्छ ।

Personal PAN लिन हामी किन अघि सर्नु पर्छ ? यसले हामीलाई के फाइदा ?
१) Personal PAN लिएको अवस्थामा आफूले बुझाएको आयकर कम्प्युटरमा रेकर्ड रहने हुंदा चाहेको समय हेर्न सकिन्छ ।
२) कर दाखिलाको जानकारी वा कर चुक्ता प्रमाण पत्र चाहिएमा सहज हुने र यो आधिकारिक समेत हुन्छ ।

यसरी Personal PAN प्रणालीले हामीलाई व्यक्तिगत तहमा फाइदा त पुर्याउने भयो थप यस प्रणाली मार्फत नेपाललाई Digitization तर्फ लैजानमा पनि हामीले Personal PAN लिनु आवश्यक छ । 

यस विषयमा वृस्तित बुझ्न सरकारको आधिकारीक document हेर्न सक्नुहुन्छ : https://ird.gov.np/Content/ContentAttachment/1012/IncomeTaxrelatedPersonalPAN23201513014PM.pdf

Tags