Announcement of Shortlisting Candidates for Written Exam of ASDP_Agriculture Technician

Announcement of Shortlisting Candidates for Written Exam of ASDP_Agriculture Technician

Category: Career Insights- Employee Blog

Views: 1873 | December 11, 2020

सूचना


फ्रन्टलाईन कन्सल्ट प्रा.लि.बाट कृषि क्षेत्र विकास कार्यक्रमको आवश्यकतानुसार मिति २०७७-०७-१४ मा प्रकाशित सूचना बमोजिम कृषि प्राविधिक ( Agriculture Technician) पदमा गुगल फर्म तथा इ–मेल मार्फत आवेदन दिएका उमेदवारहरु मध्ये कृषि क्षेत्र विकास कार्यक्रमबाट स्वीकृत छनौट सम्बन्धी आधारहरु (शैक्षिक योग्यता, कार्य अनुभव, समावेशी समूह, बसोबास) बमोजिम छनौट भएका तपसिलका नाम, थर र स्थायी ठेगाना भएका 229 जना उमेदवारहरु लिखित परीक्षाका लागि छनौट हुनु भएकोले यो संक्षिप्त सूची प्रकाशन गरिएको छ । 
लिखित परीक्षा सम्बन्धी थप जानकारीः

  • लिखित परीक्षाको संचालन मिति २०७७ साल पौष महिनाको ४ गते शनिबारका दिन सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ । 
  • परीक्षाको समय र स्थान परीक्षा हुने मिति भन्दा कम्तीमा दुई (२) दिन अगाडि फ्रन्टलाईन कन्सल्ट प्रा.लि. को वेबसाइट www.froxjob.com, कृषि क्षेत्र विकास कार्यक्रमको वेबसाइट www.asdp.gov.np र कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय, सुर्खेतको सूचना पाटीमार्फत जानकारी गराइनेछ । 
  • लिखित परीक्षामा उपस्थित हुँदा परीक्षार्थीले आफ्नो सक्कल नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा साथमा लिइ आउनु पर्नेछ । नागरिकताको सक्कल प्रमाणपत्र विना परीक्षा हलमा प्रवेश अनुमति दिइनेछैन ।
  • लिखित परीक्षाको लगत्तैका दिनमा मौखिक परीक्षा (अन्तरवार्ता) सञ्चालन हुने भएकोले परीक्षार्थीले यस अघि आवेदनका साथ पेश गरेका आफ्ना सम्पूर्ण सक्कल कागजातहरु साथै लिई तयारीका साथ उपस्थित हुनु पर्नेछ । 
  • लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूलाई मात्र निर्धारित विधि बमोजिम मौखिक परीक्षा (अन्तरवार्ता) मा सहभागी गराइने छ । 
  • लिखित परीक्षाको नतिजा फ्रन्टलाईन कन्सल्ट प्रा.लि. को वेबसाइट www.froxjob.com, कृषि क्षेत्र विकास कार्यक्रमको वेबसाइट www.asdp.gov.np र कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय, सुर्खेतको सूचना पाटीमार्फत जानकारी गराइनेछ ।

लिखित परीक्षाको पाठ्यक्रमः ASDP सम्बन्धी सामान्य जानकारी र लोकसेवा आयोगको नेपाल कृषि सेवा अन्तर्गतका राजपत्र अनङ्कित द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको पाठ्यक्रम अनुसार लिखित परीक्षा सञ्चालन हुनेछ (कृषि तर्फ प्लान्ट प्रोटेक्सन, एग्रोनोमी, हर्टिकल्चर, एगृ. एक्सटेन्सन, स्वायल साइन्स र एगृ. इको. एण्ड मार्केटिङ्ग समूह र भेटेरिनरी तर्फ फिसरिज, भेटेरिनरी र लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहको पाठ्यक्रम अनुसार) ।  

परीक्षाको विधिलाई सहज गर्नका लागि निश्चित रोल नम्बरहरु निर्धारित गरिने छ ।

Click on the below link to view the List of Shortlisted Applicants for Written Test
https://drive.google.com/file/d/1TEL_mFr0kECUqi0G7FeJJwGh-30kVmpe/view?usp=sharing

 

 

 

Tags