Lok Sewa Aayog Announces Vacancy in 468 post

Lok Sewa Aayog Announces Vacancy in 468 post

Category: Career Insights- Employee Blog

Views: 1798 | February 11, 2021

लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ। आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको माग गरेको हो । 
आयोगले निजामती सेवातर्फ प्रथम श्रेणी तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको उम्मेदवारहरूबाट दरखास्त दिन आह्वान गरेको छ । साथै, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवदेन दिन सक्नेछन् । 
आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जसमा समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि २ सय रुपैयाँ बुझाउनु पर्नेछ । साथै, आयोगले परिक्षाको किसिममा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ । यस्तै, परीक्षाको केन्द्र विज्ञापनसँग सम्कन्धित आयोगका कार्यालयहरुमा तोकिएको छ । थप बारेमा बुझन तल दिएको लिंकमा जानु होला। 

https://psc.gov.np/assets/uploads/files/10-28open.pdf

Tags